काठमाडौँ उपत्यकामा स्थायी र अस्थायी रुपमा रहनु हुने कुलबन्धुहरूको सहजता र हक हितको लागि जम्मा गरिएको ब्याजबाट [ कुनै पूजाआजा हुँदा प्रसादी / बिरामी हुँदा फलफुल /कुनै खुसियाली बिहे ब्रतबन्धमा उपहार/ कुनै कुलबन्धुको मृत्यु मा (अझ टाढा टाढाको लागि) कृयाक्रम गर्दा घोत] जस्ता कार्यको लागि व्यक्तिगत रुपमा सम्भव नभएको अवस्थामा काठमाडौँ बासीको तर्फबाट एकमुष्ट ( सबै बन्धुहरुलाई समान्तर रुपमा ) तथा कसैलाई आपतबिपत पर्दा छोटो समयको लागि रकम सापटी समेत प्रदान गर्ने हेतुले खडा गरिएको (२०८० वैशाख देखि) फण्डमा हालसम्म प्राय:जसो कुलबन्धु बाट त्रैमासिक रुपमा रकम सङ्कलन हुन नसकेकोले ( हामी र हाम्रा पिढीहरूमा चिनजान, मायाममता दु:ख सुखमा पारिवारिक मित्रता सदा अटुट रुपमा कायम रही निरन्तरता प्रदान हुने थियो भन्दै) यस फण्डलाई सुचारु राख्ने वा थपघट तथा के कसो गर्दा सहजता र उपयुक्त हुन्छ ? सबै कुलबन्धुबाट प्रतिउत्तर राय सुझाव अनिवार्य रुपमा यहि ०८१/५/२० गतेसम्म पठाउनु हुन आग्रह र अनुरोध । जय कुलदेवता सबैको जयजय होस